विद्यालयको गेटको ताला हेरेर फर्कियो कामपा प्रहरी

0
Shares

 काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रहरी टोली महानगरभित्र रहेका ८७ सामुदायिक विद्यालयमा अनुगमन गरेको  थियो । अनुगमनको क्रममा कामपा प्रहरी टोलीले गेटमा ताला लगाएको हेरेर फर्किएको थियो ।

 महानगर प्रहरी राजुनाथ पाण्डे  सहितको टोली विद्यालयमा पुग्दा गेटमा ताला लगाइएको थियो ।  विद्यालय शिक्षा विधेयकको विरुद्धमा  सहभागी भएका शिक्षकलाई कारबाही गर्ने चेतावनी दिँदै कामपाका मेयर वालेन्द्र साहले सामुदायिक विद्यालय अनुगमन गर्न  आफ्नै प्रहरी खटाएको थियो ।

  महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनुगमनको क्रममा विद्यालय बन्द भएको बताए । उनले भने–हामीले व्द्यिालय अनुगमन ग¥र्यौ बन्द भएका विद्यालययका शिक्षक र कर्मचारीमाथि के कारबाही गर्ने भन्ने विषयमा कार्यपालिकाले निर्णय गर्नेछ ।

   कामपा प्रहरीले पूर्वक्षेत्रका कमान्डर नगर प्रहरी उपरीक्षक दिनेश अर्याल, मध्यका नगर प्रहरी उपरीक्षक  मनोज लामिछाने, पश्चिमका नगर प्रहरी नायब उपरीक्षक रमेश बुढाथोकी र उत्तरका नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टलाई  आआफ्नो कार्यक्षेत्रभित्रका विद्यालय अनुगमन गर्ने जिम्मा दिएको थियो । लगत्तै अनुगमनमा पुगेको प्रहरीले गेटमा ताल्चा लगाएको विद्यालय हेरेर फर्केका थिए ।

‘हामी अनुगमन गर्न जाँदा सबै विद्यालय बन्द भेटिएका छौँ, विद्यालय बन्द भएको बारेमा कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालालाई जानकारी गराएका छौ–एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रसंग भने ।  महानगरपालिकाको शिक्षा विभागले बन्द विद्यालयका शिक्षकहरुको विषयमा प्रतिवेदन तयार गरेको आवश्यक कारबाहीको लागि कार्यपालिकामा पेश गर्ने तयारी गरेको छ ।

 विभाग प्रमुख कोइरालाले भने–विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुने शिक्षक र कर्मचारीमाथि ऐन अनुसार कारबाही गर्नेछौ ।  कस्तो कारबाही गर्ने ? भन्ने विषयमा उनले भने केही दिनपछि निर्णय गर्नेछौ–भने । यसअघि बुधवार महानगरभित्र रहेका ८७ वटा विद्यालयका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।

विद्यालयका शिक्षक र कर्मचारीहरु विद्यालयको पोसाक लगाएर सडक आन्दोलनमा सहभागी भएका थिए ।  अधिकांश विद्यालयले सूचना पाटीमा सूचना टासेर विद्यालय बन्द भएको जानकारी दिएका थिए ।