एभरेष्ट युनाईटेडले ‘सीयरा कप २०२३’ काे आयोजना गर्ने

0
Shares

काठमाडाैं ।

एभरेष्ट युनाइटेड क्लबले सीयरा कप २०२३ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

एभरेष्ट युनाइटेड क्लबले यही शनिवार र आइतवार मेलबर्नमा प्रतियोगिता गर्न लागेकाे हो। प्रतियोगिताको तालिका अनुसार २३ सेप्टेम्बर शनिबार विहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

सीयरा होम्सको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेतालाई संयुक्त रुपमा ५ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ।

ग्रुप ए र ग्रुप बी गरी दुई समुहमा विभाजन गरी खेलका उत्कृष्ट गोलकिपर, टुर्नामेन्टकै उत्कृष्ट खेलाडी र टप स्कोरलाई पनि पुरस्कृत गरिने क्लबले जनाएको छ।

उक्त प्रतियोगिता मेलबर्नका नेपाली र अन्य समुदायका गरी १९ फुटबल क्लबले नाम दर्ता गराएका छन्। तीन विधा ओपन, वाईज (३५ वर्षभन्दा माथि) समूह र योंग गन्स (९ वर्षदेखि १३ वर्ष उमेर) समूहमा गरी १९ टिमको सहभागिता हुन लागेको हो ।

उक्त मार्बल रेस, म्युजिकल बल्स, मिट द पुलिस आयोजना गरी उपस्थित दर्शकहरुलाई प्रतियोगितासँगै अन्य गतविधिमा पनि संलग्न गराउने योजना रहेकाे छ ।