पञ्चशील बहुउद्देश्यीय सहकारीको २३ औँ वार्षिक साधारण सभा 


ललितपुर। 

कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटे २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा संस्थाकाअध्यक्ष अशोक बज्राचार्यले संचालक समितिको तर्फबाट आ.व. २०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन तथा आव२०८०/०८१को नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए।  संस्थाको  आव ०७९/०८०मा शेयर पुँजीतर्फ  १७ करोड ३० लाख ३५ हजार ९ सय रुपियाँ कायम हुन गएको छ ।

यस संस्थाले बचत (निक्षेप) तर्फ १ अर्ब ८२ करोड ४ लाख २९ हजार ६ सय ७३ रुपैयाँ ९७ पैसा संकलन गरेको छ ।  संस्थाको वार्षिक कुल कारोबार २ अर्ब ८५ करोड ४८ लाख ७ हजार ५ सय ८८ रुपैयाँ ३३ रहेको छ । संस्थाको जगेडा कोष तथा अन्य कोष गरी २८ करोड ९६ लाख ७ हजार ९ सय ४० रुपैयाँ ३९ पैसा कायम रहेको छ ।

संस्थाका अध्यक्ष बज्राचार्यले  संस्था नमुना सहकारीको रुपमा स्थापित र्न सफल भएको दाबी गरे ।  संस्थाले गत आव ०७९/०८० मा आयकर र बोनस अघिको नाफा  ५ करोड ६१ लाख ३१ हजार ८ सय ४० रुपैयाँ ९७ रुपैसा आर्जन गरेको छ ।

यस संस्थाले आ.व. ०७९/०८० मा २ करोड १६ लाख ८० हजार ५ सय ६२ रुपैयाँ आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेको छ ।  सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत संस्थाले समय समयमा शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिपमुलक तालिम दिने,अन्र्तक्रिया गर्ने लगायत काकार्यहरु गर्दै आइरहेको छ ।

सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदानगर्न साथै प्रविधि मार्फत डिजिटल कारोबारको वातावरण उपलब्ध गराउने उद्देश्यले  संस्थाले आफ्नै संस्थागत भवनबाट शुल्क रहित एटिएमको सुविधा दिईरहेको छ ।  साथै स्मार्ट बैंकिङ, क्यू आर सुविधा लगायतका विभिन्न किसिमका सदस्य केन्द्रित सुविधाहरु उपलब्ध गराउँदै गरेको प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले बताए ।

संस्थाले आव ०७९/०८० सम्ममा सदस्यता कायम रहेका आफ्नो सदस्यलाई शेयर लाभांश कोषमा जम्मा रहेको रकमबाट १८ प्रतिशत शेयर लाभान्स प्रदान गरेको छ ।

पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको आर्थिक सङ्क्रमणकालीन अवस्थामा समेत संस्थाले आफ्ना सदस्यहरुलाई उत्कृष्ट सेवादिदै सदस्यहरुको जीवनस्तर उकास्नको लागि वित्तीय लगायत विविध सेवाहरु उपलब्ध गराउँदै आएको   प्रमुख कार्यकारी अधिकृत खतिवडाले  जानकारी गराए ।  उनले आ.व. २०७९/०८० मा संस्थाको कुल कारोबार दुई अर्ब पचासी करोड रहेको जानकारी दिए  ।