पूर्वराजा शाहले आइतबार भक्तपुरकाे दशैंघर अवलाेकन गर्न जाने

0
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुरकाे दशैघर अवलाेकन गर्न जाने भएका छन्।

पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।