६० किलो सुन प्रकरण : पाँच जना प्रतिवादीको बयान सकियो

0
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न पाँच जना प्रतिवादीको बयान सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो ।

चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान पुरा भएको छ । ली नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टोखास्थित सुन गाल्ने कारखानासम्म सुन ओसार्न काममा संलग्न थिए । सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।