नेपालगन्ज उडेकाे श्री एयरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं अवतरण



काठमाडौं ।

त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ।

बिहान सवा ८ बजेको नियमित उडान तालिका रहेको उक्त ९ एन एनएस कलसाइनको उक्त जहाज उडिसकेपछि समस्या आएको हो। उक्त जहाज बिहान ९ बजे नेपालगन्जमा अवतरण हुने तालिका थियो।

तर प्राविधिक समस्या आएपछि उक्त जहाजलाई बुटवलमाथिको आकाशबाट फर्काएर पुनः काठमाडौंमै अवतरण गराइएको नागरिक उड्ययन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्