मोटरसाइकल र जीप ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

0
Shares

पाल्पा। 

पाल्पामा मोटरसाइकल र जीप एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्ला बगनासकाली गाउँपालिका ७ का वर्ष २८ का सुधन भट्टराई रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ११ बजेको समयमा बगनासकाली ९ चापपानीमा तानसेनबाट खानीगाउँ तर्फ जादै गरेको लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ ज १७५९ नम्बरको जीप एक आपसमा ठोक्किएका थिए।

दुर्घटना परि गम्भीर घाइते भट्टराईको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएकोमा उपचारको क्रममा आज साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले  जानकारी दिए ।