पुष्पसदन बास्केटबलमा रेडियन्ट र ज्ञानोदय विजयी  

0
Shares

किर्तीपुर।

 तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिक स्कुल र ज्ञानोदय स्कुल विजयी
भएका छन् ।

कीर्तिपुरस्थित आयोजक पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा मंगलबार सम्पन्न सिनियर ब्वाईजको खेलमा रेडियन्टले मंगल स्कुललाई ४०–१७ को स्कोरमा पराजित गरेको छ । सो खेलमा रेडियन्टका रोहितले सर्वाधिक १४ स्कोर गरे ।

यस्तै सिनियर ब्वाईजमै ज्ञानोदयले स्वर्णिम स्कुललाई २७–२३ को स्कोरले पाखा लगाएको छ । ज्ञानोदयका रिजनले सर्वाधिक ११ स्कोर गरे ।
सिनियर ब्वाईजमै आईएमएस स्कुलले एभिएम स्कुललाई ४६–२८ स्कोरले हरायो । आईएमएसका आरोनले सर्वाधिक १३ स्कोर गरे ।

सिनियर ब्वाईजकै अर्को खेलमा जनसेवा स्कुलले निसर्ग माविलाई २४–१४ को स्कोरमा हराएको छ । ९ स्कोर गरेका जनसेवाका धिरेन सार्वाधीक स्कोरकर्ता भए ।
यस्तै अर्को खेलमा राराहिलले एलआरआई ३८–२७ को स्कोरमा हराएको छ । १२ स्कोर गरेका राराहिलका निसन सर्वाधिक स्कोरर बने ।

जुनियर ब्वाईजतर्फ निसर्ग स्कुल राराहिलसँग पराजित भएको छ । खेलमा राराहिलले १६ स्कोर गर्दा निसर्गले भने ६ मात्र स्कोर गर्न सक्यो ।

आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगितामा २५ ओटा विद्यालय सहभागी भएका छन् । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ ।
जुनियर ब्वाईजतर्पm रेडियन्ट पब्लिक र आयोजक पुष्पसदन स्कूलबीचको खेल बर्षाका कारण अबरुद्ध भएको छ । यो खेल पर्सि बिहीबार हुनेछ ।