तान्जानीया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

0
Shares

काठमाडौं ।

तान्जानीया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेख नाराय नगरपालिका ७ स्थाई घर भई हाल स्वयम्भु बस्ने ४२ वर्षीय गणेश बहादुर सिहंले बुद्धिराम पुनमगरलाई वैदेशिक रोजगारीको लागि तान्जानीया पठाईदिन्छु ठगी गरेका थिए ।

पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेका थिए ।

उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले निज गणेश बहादुर सिहंको खोजतलास गर्ने क्रममा मंगलबार सितापाईलाचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।