१९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको बिदाई

0
Shares

काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औं एशियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीहरुलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमकाबीच बिदाइ गरेका हुन्। ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ शहरमा संचालन हुने एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपीएफका ४ जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाई गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी
सम्पूर्ण खेलाडीहरुबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र र समग्र जनताले खेलाडीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताए ।  कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका
वरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष विश्व बम मल्ल तथा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।