अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, संगठनको नाम फेर्ने तयारी



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी यूनियन (क्रान्तिकारी)को केन्द्रीय समिति बैठकले २३ औं राष्ट्रिय सम्मेलन आगामी माघमा गर्ने निर्णय गरेको छ ।

अखिल (क्रान्तिकारी) ले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर केन्द्रीय समितिको सातौं पूर्ण बैठकको निर्णय सार्वजनिक गरेको हो । राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ ।

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनको नारा ‘राष्ट्रिय स्वाधीनता र शैक्षिकअधिकारका लागि हाम्रो आन्दोलन ! समाजवाद र समाजवादी शिक्षाका लागि २३ औं राष्ट्रिय सम्मेलन !!’ रहेको छ ।

राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरु गठन गर्दै अखिल (क्रान्तिकारीले वर्तमान केन्द्रीय समितिलाई २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरेको छ ।
राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरुमा विधान तथा प्रतिवेदन लेखन, आर्थिक, व्यवस्थापन, संस्कृति तथा कला, अतिथिव्यवस्थापन, प्रचारप्रचार, विद्यार्थी परिचालन तथा संयमसेवक, स्वास्थ्यतथाआपतकालीन उद्धार रहेका छन् । ती उपसमितिका प्रमुख र सदस्यहरुसमेत टुंगो लागिसकेको छ ।

केन्द्रीय समितिको सातौं पूर्ण बैठकले २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गर्ने र यसबारे सुझाव संकलनगर्ने निर्णय पनि गरेको छ । माओवादीको विद्यार्थी संगठनसँग नामजुद्दा नराम्रो कामको अपजस लिनुपरेको र आफूहरुले गरेको राम्रो कामको जस माओवादीको संगठनले लिएकाले नाम फेर्न लागिएको नरेन्द्र सिले बताए ।

२३औं राष्ट्रिय सम्मेलन केन्द्रित संगठन निर्माणका लागिसदस्यतावितरण, त्रिविका आंगिक र अन्य विश्वविद्यालयहरुका केन्द्रीय र महत्वपूर्ण क्याम्पसको इकाई सम्मेलन, विश्वविद्यालयका सम्मेलन र भौगोलिक जिल्लाका भेला सम्मेलनहरू तीब्र गतिमा सम्पन्न गर्ने निर्णयसमेत भएको छ।

साथै, बैठकले हालै संसद्मादर्ता भएको शिक्षाविधेयक २०८० ले शिक्षामा नव उद्धारवादी नीतिको पक्षपोषण गरेकाअखिल(क्रान्तिकारी) ले निष्कर्ष निकालेको छ । उक्त विधेयकले शिक्षामा निजीकरण र व्यपारीकरणलाई वैधतादिएको अखिल (क्रान्तिकारी)को बुझाइ छ ।

शिक्षाविधेयक संविधानले कल्पना गरेको समाजवाद उन्मुख देश र अनिवार्य तथा निःशुल्क शिक्षाको हकका विरुद्धमा रहेको भन्दै अखिल (क्रान्तिकारी) ले देशव्यापीसंघर्ष गर्ने निर्णय गरेको छ । शिक्षाविधेयकबारे अखिल (क्रान्तिकारी) ले आगामी असोज ७गते काठमाडौंमा वृहतअन्तरक्रिया गर्ने बताइएको छ ।

अखिल (क्रान्तिकारी) काउपाध्यक्षनरेन्द्र सीले केन्द्रीय समिति बैठकमा नेपालको वर्तमान राजनीतिक प्रणाली र विद्यार्थी आन्दोलनकाबारेमा महत्वपूर्ण निर्णयहरु गरिएको बताए । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले २३औं राष्ट्रिय सम्मेलनमा संगठनको नाम परिवर्तन हुनसक्ने बताए । ‘संगठनको नामका विषयमा पनि यो सम्मेलनमा छलफल गर्ने छौं । पछिल्लो समय माओवादी आन्दोलनमा देखिएको समस्या र पार्टीहरुको भातृ संगठनको नाम एउटै हुँदैगर्दा कतिपय हाम्रा संगठनले गरेको राम्राकामहरु पनि सोलोडोलोमाहाल्ने र त्यसको गलतमूल्याङकन गर्ने परम्परा देखिएको छ ।’ उनले भने, ‘हाम्रो आफ्नै पहिचान स्थापित गर्ने कार्यभार हाम्रो समक्ष छ । त्यसैले २३औं राष्ट्रिय सम्मेलनबाट संगठनको नयाँनाम राख्ने सोचिरहेका छौं ।’

संगठनको नामको सन्दर्भमा देशभर अध्ययनरत विद्यार्थीहरुले सल्लाहदिन सक्ने उनले बताए । उनले नेपालको पछिल्लो विद्यार्थी आन्दोलन सत्तापक्षीय जस्तो देखिएको बताए । नेपालमा पछिल्लो समय स्वाधीनताको लडाईँ पेचिलो बन्दै गएको बताउँदै उनले राष्ट्रिय सम्मेलनमा यस बारेपनिव्यापक छलफल हुने बताए । राष्ट्रिय सम्मेलनमायुवापलायनताको बारेमापनि वृहत छलफल हुने उनको भनाई छ ।

अहिले संसद्मादर्ता भएको शिक्षाविधेयकलहैलहैमाआएको उनको भनाई छ । यो विधेयकपास गरेर बेलगामशिक्षामाव्यापार हुने, धार्मिक व्यापार फस्टाउने उनले बताए । शिक्षालाई प्रविधि मैत्री र प्राविधिकबनाउन पर्नेमा यो विधेयककर्मकाण्डी भएको उनको टिप्पणी छ ।

अर्का वक्ताललित सीले अहिलेको शिक्षाविधेयकले निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरेको बताए । अहिले शिक्षा क्षेत्र कहिले पनि घाटा नहुने व्यापार बनिरहेको अवस्थामायसलाई विधेयकले थपप्रोत्साहनदिएको उनको भनाइ छ ।

विधेयकमार्फत शिक्षा क्षेत्रलाई गिजोल्ने कामभएको उनको आरोप छ । विद्यार्थी पलायन रोक्न र गुणस्तरीय शिक्षाप्रदानगर्न योजनातर्जुमाहुन पर्नेमात्यो हुननसकेको उनले बताए । ललित सीले अहिलेको शिक्षाविधेयक पूर्ण रुपमाखारेजभागी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्