ओम्नियुज एप नेपालमा पनि



काठमाडौं ।

ओम्नियुज मोबाइल एप नेपालमा पनि आधिकारिक रूपमा सुरु भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिलदेखि यस एप सुरु गरिएको डि.टेक अफिस सिस्टम प्रालीका ध्रुव ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा डिस्कभर सीटी प्रा।लीका दिपेश शर्माले यस यपका विशेषता र उपयोगीताबारे जानकारी दिँदै व्यवसायी, स्कुल, कलेज, विश्वविद्यालय, म्यानपावर, अस्पताल, कर्पोरेट संस्था, स्थानीय तथा सङ्घीय सरकार एनजीओ तथा आईएनजीओ लगायतका सङ्घसंस्थाले यस ओम्नियुज वेब एप्लिकेसनको फाइदा उठाउन सक्ने बताए।

अमेरिकी कम्पनी डिजिटल फर्मुलेसन एलएलसीले निर्माण गरेको ओम्नियुज एप विभिन्न प्रकारका संस्था तथा कार्यालयहरूलाई आफ्ना ग्राहक तथा सेवाग्राहीका डाटा संकलन र प्रशोधन गर्न उपयोगी हुने गरि निर्माण गरिएको छ ।जसमा गुगल र माइक्रोसफ्टमा भन्दा बढी फिचरहरु रहेको दाबी गरिएको छ ।

प्रयोगकर्ताको लागि अनुकूल यो एपमा कतिपय सुविधा निःशुल्क रूपमा उपलब्ध छन् ।अप्रिल २०२३ मा सेवा सुरु गरेको ओम्नियुजका लागि गएको १५ जुनदेखि काठमाडौंका कन्सल्टेन्सीलाई लक्षित मार्केटिङ गरिएको थियो । जस पश्चात ओम्नियुज प्लेटफर्मलाई विभिन्न परामर्शदाताले फर्म बनाउन, प्रकाशित गर्न र व्यवस्थापन गर्न प्रयोगमा ल्याएका छन् ।

विगत १५ वर्षदेखि वेब, सफ्टवेयर तथा कर्पोरेट सेवा प्रदान गर्दै आएको डी टेक अफिस सिस्टम प्राली नेपालका लागि ओम्नियुजको आधिकारिक वितरकको रूपमा रहेको छ । जसले कम्पनीसँग प्राविधिक सहकार्य समेत गरेको छ भने एप्लिकेसनको मार्केटिङ डिस्कभर सिटी प्रा।लिले गरेको छ ।ओम्नियुज वेब एप, मोबाइल एप र कनेक्ट एपीआई गरी तीन किसिमले प्रयोग गर्न सकिने एपलाई विभिन्न संघसंस्थाहरुको फर्म बनाउन, प्रकाशित गर्न र पेस गरेको फाराम व्यवस्थापन गर्न प्रयोग गर्न सक्नेछन।

यसको मोबाइल एपमार्फत प्रयोगकर्ताले आफूलाई चाहिएका विवरण हेर्न, खोज्न र आवेदन दिन सक्छन् । कनेक्ट एपले भने मोबाइल र वेब एप्लिकेसन जोड्ने काम गर्छ । साथै यसलाई प्रयोगकर्ताले सजिलै सेवा खरिद गर्न र आफूलाई नचाहिएको बेला सहजै बन्द गर्न समेत सक्छन् ।

अन्य फिचरहरु

स्वचालित प्रणाली भएकाले यो माध्यमले कुनै पनि व्यवसायीलाई व्यापार व्यवस्थित गर्न, नयाँ फर्म बनाउँदा लागत घटाउन र दक्षता बढाउन सहयोग गर्छ । एक क्लिक मै प्रकाशन गर्न सकिने र फर्म बनाउँदा छोटो समय लाग्ने भएकाले यसबाट समयको बचत समेत हुन्छ। फर्म फिल्ड ड्रयाग एण्ड ड्रप यसको मुख्य फिचरको रूपमा रहेको छ । जसले गर्दा प्राविधिक तथा अप्राविधिक सबैले सहजै फर्म बनाउन सक्छन् । साथै फर्म फिल्ड्स अंग्रेजी नेपाली लगायत विभिन्न भाषामा उपलब्ध छ ।

ओम्नियुज वेबमा रेगुलर र सब्स्कृप्सन गरी दुई संस्करणमा उपलब्ध छ । रेगुलर मोडेल विभिन्न सङ्घसंस्थाका लागि बनाएको हो, यसलाई आफ्नै सर्भरमा पनि राख्न सकिन्छ । रेगुलर मोडेलमा सुविधा अनुसारको मूल्य राखिएको छ । सब्स्कृप्सन मोडेल भने सम्पूणर् सङ्घसस्थाको लागि निःशुल्क छ । ओम्नियुज नेपाल डटकमको सर्भर र डेटाबेस नेपालमा छ, त्यसैले नेपालीको डेटा नेपालभित्रै रहने दाबी कम्पनीले गरेको छ ।

प्रत्येक दिन विभिन्न डिजिटल आवेदन फाराम भर्नुपर्ने विद्यालय, कलेज, विश्वविद्यालय, इन्टर्नशिप, जागिर वा सरकारी कार्यालय तथा बैंक ९खाता खोल्ने० निकायका लागि ओम्नियुज मोबाइल एप बनाइएको हो । यो एप्लिकेसनमा विश्वभर रहेका कुनै पनि डिजिटल आवेदन फारामहरू खोज्न, हेर्न र आवेदन दिन सकिन्छ ।

ओम्नियुजको मोबाइल एप आईओएस र एन्ड्रोइड दुवै किसिमका स्मार्टफोनका लागि निःशुल्क उपलब्ध छ । मोबाइल प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सूचना र डकुमेन्टहरू यो एप्लिकेसनमा राख्न सक्छन् । अटोफिल यो एपको एउटा प्रमुख फिचर हो । जसले एक पटक पेस गरिसकेको फाराम स्वतः भरिदिन्छ । यसबाट प्रयागकर्ताले उही फाराम बारम्बार भरिरहने झन्जट गर्नुपर्दैन।

प्रतिक्रिया दिनुहोस्