संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ विषयक विचार गोष्ठी सम्पन्न

0
Shares

पोखारा ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको आयोजनामा नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले सुबास नेम्बाङसँग सबैलाइ मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अवस्थामा संविधान जारी हुन सकेको बताए ।

शाक्यको प्रभावशाली शालिन शैली सबैका लागि अनुकरणीय रहेको उल्लेख गरिन् । पार्टी सचिब तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले संविधान सभाको असहमतिका दर्जनौं बुदालाई सहमतिमा परिणत गर्दै सर्बस्विकार्य समाधान निकाल्ने संयम धैर्य ब्यक्तित्व सुबास नेम्बाङ भएको उल्लेख गरेका छन् ।

पार्टी भित्रका र अन्तर पार्टीका द्वन्द्वलाई सोच विचार गरेर समाधान निकाल्ने नेम्बाङको शैलिकै कारण संविधान संभब भएको बताइन् । एमालेबाट सभामुख र अध्यक्ष भए पनि सम्सदिय मर्यादा र शैलिलाइ उनले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्न लायक नेता भएको उल्लेख गरिन् ।

एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्बाङ नेपाली राजनितीको समाधान भएको भन्दै भद्र ,मिजासिलो नेता भएको उल्लेख गरे । गुरुङले सार्थक कुशल बहसमार्फत प्रभावकारी नेतृत्व प्रदान गर्ने ब्यक्ति भएको भन्दै उनको नेतृत्व नभएको भए संविधान जारी नहुने ठोकुवा गरे । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अदित्तिय क्षमता नेम्बाङसंग भएको उल्लेख गरे ।

अधिकारीले सूक्ष्म ब्यबस्थापकिय कौशल भएका नेम्वाङका कारण नै संविधान संभब भएको दाबी गरे । सो कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा , गण्डकी प्रदेश सरकारका कृषी मन्त्री महेन्द्रध्वज जि.सि. नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा संविधान सभा सदस्य राजकाजी गुरुङ लगायतले नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङको योगदान विषयमा चर्चा गरेका थिए ।

एमाले गण्डकी प्रदेस कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र संचालन सचिव धनन्जय दवाडीले गरेको उप सचिव रश्मि आचार्यले जानकारी दिइन्  ।