एसिड प्रहारबाट दुईजना घाइते

0
Shares

धादिङ ।

गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा रहेको सुनचाँदी पसलमा मंगलबार एसिड प्रहार हुँदा २ जना घाईते भएका छन् ।

भद्रकाली सुन चाँदी पसलमा एक्कासी रक्सि खायर आएका पसल संचालक प्रविण विकले पसलमा रहेको एसिड वावाद भएपछि प्रहार गरेका थिए ।
एसिड प्रहारबाट बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रातमाटा निवासी १८ वर्षीय दिपेश क्षेत्रि र सोही गाउँ पालिका स्थित कात्राक निवासी ६३ वर्षीय डम्बर बहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

आरोपितलाई प्रहरीले पक्राउ गरेको छ भने पीडितहरुको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । पुलामीको अनुहार र शरिरमा एसिडले पोलेको छ भने खत्रीको शरिरमा पोलेको छ।