शिक्षा दिवस- नेपाल विद्याभूषण ९०५ र विद्यापदक ४६ जनालाई प्रदान गरिँदै (सूचीसहित)



काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९०५ जनालाई नेपाल विद्याभूषण, विद्यापदक ४६ जनालाई विभूषित गर्ने भएको छ ।

यीमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई प्रदान गरिनेछ ।

४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ ।

यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने छ । सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।

यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा–स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्