प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडाैं ।

प्रधान सेनापति प्रभुराम शर्माले आइतबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी  विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उनी नेपाल सरकारको  गत भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएको हो । उपरथी  राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त भएका छन् ।

प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति  भएका सहायक रथी भरतचन्द्र गुरुङ्ग, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति  भएका प्रमुख सेनानी  हरि बहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गरे ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी  सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्