जलेर सिन्धुलीमा एक बालकको मृत्यु



सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिका-३ वरुणमा आगोले जलेर एक बालकको ज्यान गएको छ। स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तानको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुले जनाएको छ।

अपांगता भएका बालकलाई भान्साकोठामा झोलुंगोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएकोमा बालक झोलुंगोबाट झरेर ३ फिट पर रहेको अगेनासम्म पुगेका थिए। बालकको टाउको र शरीरको पछाडिको भाग जलेको थियो। उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्