नाबालिका बलात्कार आरोपी क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

उक्त मुद्दाको सुनुवाइ आज (सोामबार) हुने भनिए पनि स्थगित भएको हो ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीज विदामा बसेकोले सुनुवाइ स्थगित भएको बताइएको छ ।

यद्यपि अर्को सुनुवाइ कहिले हुने भन्नेबारे मिति भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्