भक्तपुरमा ७ वर्षीय बालककाे झ्यालबाट खसेर मृत्यु



भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वृहस्पती मार्गमा ७ वर्षीय एकजना बालकको खसेर मृत्यु भएको छ । स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो । सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारकाे क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरी वृत ठिमीबाट थप अनुसन्धान भैरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्