कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा पक्राउ



काठमाडौँ।

कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे घर भइ हाल काठमाडौँको किर्तिपुर बस्ने २० वर्षीय मिलन थापा रहेको प्रहरीले जनाएको छ ।

किर्तिपुर नगरपालिकाको पाँगामा डेरा गरी बसेको कोठाबाटै उनले गैरकानुनी हिसाबमाकल सेन्टर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट ३७ सय थान एनसेलको सिम, २३ थान ल्यापटप र विभिन्न व्यक्तिहरुको नाममा रहेको २७ थान नागरिकतासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्