कम्मरमा बेल्ट बनाइ ६ किलो गाँजा



हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शुक्रबार विहान करिब ६ः३० बजे हेटौंडा उपमहानगरपालिका वडा–१०, बसपार्कस्थित सडकमा शंकास्पद रुपमा उभिरहेकाहरुको साथबाट करिब ६ किलो गाँजा बरामद गरेको छ ।

पर्साको पर्सागढी नगरपालिका वडा–९, टाँगा बस्ने वर्ष ३२ का मनोज यादब, वर्ष ३० का अमिरलाल प्रसाद यादब र वर्ष ४५ का जंगबहादुर पासवनले कम्मरको भागमा बेल्टजस्तो बनाइ प्लाष्टिकभित्र लुकाइल्याएको अवस्थामा गाँजा २/२ किलोको दरले ६ किलो फेला परेको हो । उक्त लागुऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्