ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते 



दैलेख ।

दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुल्लु नगरपालिका ३ को सियाँला भन्ने ठाउँमा कर्णाली लिफ्टिंगको सामाग्री पुर्यएर  फर्किने क्रममा  लु ३ त ९६९४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक दुल्लु नगरपापालिका–२ का २५ वर्षीय धर्म महतको मृत्यु भएको हो ।

दुर्घटना भएको उक्त ट्रयाक्टरमा सवार दुल्लु नगरपापालिका–३ सियालाका २५ वर्षीय भूपेन्द्र  सावद र त्यही ठाउँका  ११ वर्षीय बालक रमित सावदको दुल्लु अस्पतालमा उपचार भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्