स्रोत नखुलेको १३ लाख भन्दा बढी रकमसहित एक  पक्राउ   



  महोत्तरी। 

मटिहानी नगरपलिका-८ दशगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित मटिहानी नगरपालिका-८ बस्ने ४० वर्षीय नवीन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट  संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्