पुर्वधार विकास कार्यलय प्रमुख पन्जियारकाे भाइले चाबी लिएर बाहिर गएपछि खुलेन कार्यलय सेवाग्राही मर्कामा



ओखलढुंगा।

पुर्वधार विकास कार्यलय ११ बजेसम्म खुल्न नसकेका कारण सेवाग्राही मर्कामा परेका छन् । कार्यलय प्रमुख रविचन्द्र पन्जियारको भाइ शिव चन्द्र पन्जियारले कार्यलयकाे चाबी बोकेर सोलु गएको  कारण कार्यलय खुल्न नसकेका सेवा सेवाग्राहीले बताका छन्  ।

 कार्यलय प्रमुख पन्जियारले आफिसको कामले आफू बाहिर गएको र चाबी तोडेर अफिस खोल्न आदेश दिएकाे बताएका छन् । सेवाग्राहीलगाएत अन्य कर्मचारी बाहिर रहेका छन् । आफू ४ दिन देखि फिल्डमा रहेको र चाबीको बारेमा आफुलाई जानकारी नभएको निमित्त प्रमुख शुरेस मर मन्डलले बताए । शिव चन्द्र पन्जियार कार्यलय प्रमुख रबिचन्द्रका सहोदर भाइ हुन उनी पुर्वधार विकास कार्यलय ओखलढुंगामा डोर हाजिरमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्