मानव बेचबिखनको आरोपमा ३ जना पक्राउ



उदयपुर ।

 उदयपुरको जलजले इलाका प्रहरी कार्यालयले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

गाईघाटबाट सिराहाको लाहानतिर जाँदै गरेको प्रदेश ३–०२–२२ प ५०१० नम्बरको मोटरसाइकलमा शंकालागि चेकजाँच गर्दा सिराहा ज्लिलाको साबिक सोनावती मझौरा ८ हाल लाहान नगरपालिका १९ बस्ने वर्ष २८को सतिश कुमार यादवले १५ वर्षीया नावालिकालाई ललाई फकाई प्रलोभनमा पारी मोटरसाइकलमा पछाडि राखेर लिएर हिँडेका थिए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय  उदयपुरका सूचना अधिकारी तथा प्रहरी  नायव उपरीक्षक हरिनन्दन चौधरीले गाईघाटबाट लाहान तर्फ लैजाँदै गरेको अवस्थामा त्रियुगा नगरपालिका ६ जलजले ढाँटबाट इलाका प्रहरी कार्यालय जलजलेको गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा  ल्याएको बताए ।

जिल्ला प्रहरी कार्यालयबाट आवश्यक सोधपुछ तथा अनुसन्धान गर्दा उक्त घटनामा ब्रोदर्श रेष्टुरेन्टका मालिक त्रियुगा नपा १० बस्ने वर्ष २७ का अनिल शिवा समेतको संलग्नता रहेको बुझिएकोले निज शिवालाई समेत पक्राउ गरी  तीनै जनालाई उदयपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्