वडा अध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ

0
Shares

धादिङ। 

धुनिबेशी नगरपालिका वडा नं ९ की मैयाँ पाण्डेलाई प्रहरीले वडा अध्यक्षलाई हातपात गरेको  आरोपमा पक्राउ गरेको छ।

लामो समयदेखि मैयाँ  पाण्डेको जग्गामा सडक परेकोले सडक विवाद भएको र सडक दिएपछि गोरेटो बाटो दिनु नपर्ने भएपछि समस्या समाधान भएको बताइएको थियो।  तर,सडकले धेरैजग्गा खाएको अवस्थामा गोरेटो बाटोसमेत दिनका लागि वडा अध्यक्ष माधव सिलवालले एकलौटी निर्णय गरेपछि विवाद भएको थियो । विवादका बिच सामान्य धकलाधकल भएपनि विवाद गरेकै कारण महिलालाई  वडा अध्यक्ष सिवालको उजुरीको आधारमा पक्राउ गरी  हिरासतमा लिएको हो ।

लामो समय बाटोको विवाद हुदा  धुनिबेशी नगरपालिकाको न्यायिक समितिमा उजुरी समेत परेको थियो । उजुरीको फैसला पुर्णपाठ नै नदिई वडा अध्यक्ष माधव सिलवाल बाटो खुलाउन आएपछि श्रीमती मैयाँ  देवी पाण्डे आक्रोशमा आएको  राम  पाण्डेले बताए ।

पटक पटक उजुरीको फैसला सहित पूर्ण पाठ माग गर्दा पनि धुनिबेशी नगरपालिका नगर उप प्रमुख सुरज उप्रेतीले आलटाल गरेको उता वडा अध्यक्षले जबरजस्ती बाटो खुलाउन आएको राम पाण्डेले बताएका छन् । मैयाँ पाण्डे रामपाण्डेको श्रीमती  हुन्  ।

वडा अध्यक्ष सिलवालले न्यायिक समितिको फैसलाको कार्वन्वन गर्न जाँदा आफूमाथि महिलाले हातपात गरेको बताएका छन्  ।

रिस उठेको मानिसलाई सामान्य घटनामा पनि शक्तिको आडमा महिलालाई  उजुरी गरेर थुनाएको पीडित पक्षको आरोप छ ।

करिब २०,२५ वर्ष अघि देखि हिँड्दै आएको बाटो कायम हुनु पर्ने वडा अध्यक्षको भनाई थियो भने जग्गा धनी राम पाण्डेले भने मोटर बाटो दिएको हुँदा  गोरेटो बाटो र मोटर बाटो दुई तिर दिन नसक्ने बताउँदै आएका छन्।

यसै बिचको विवादमा आफूमाथि  दुर्व्यवहार भएको भन्दै वडा अध्यक्ष माधव सिलवालले इलाका प्रहरी कार्यालय खानिखोलामा  मुया देवी पाण्डे विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेका गरेका छन् । मुद्दा दर्ता पछि मैयाँ  देवी पाण्डे जिल्ला सदरमुकाम धादिङबेशी जिल्ला प्रहरी कार्यालय राती  नै चलान भएका छन्।

यसैबिच धुनीबेसी नगरपालिका प्रवक्ता रमेश आचार्यले प्रेस विज्ञप्ति प्रकाशन गर्दै जनप्रतिनिधिमाथि  दुर्व्यवहार भएकोले कारबाही गराउन उजुरी समेत गरिएको उल्लेख गरेका छन् ।