विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

0
Shares

काठमाडौं ।

बैतडीको एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेकाे छ । दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी भएको हो।

कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए।

बिहीबार बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिएकाे  प्रधानाध्यापक लेखकले जानकार दिए  ।  आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट बताएका छन् ।  आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ।