गौखुरेश्वर महादेव मन्दिरमा सरसफाइ

0
Shares

काभ्रे ।

नेपाली सेना कालीजंग गण धुलिखेलको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा गौखुरेश्वर महादेव मन्दिरमा सरसफाइ गरिएको छ । श्रावण, माघ तथा तीज लगायतका अन्य पर्वमा लाग्ने मेलाका कारण गौखुरेश्वर मन्दिरमा हरेक समय भिड हुने गरेको छ । स्वस्थानीमा समेत उल्लेख भएको गौखुरेश्वर महादेव मन्दिरको सरसफाइमा तीन तहकै सुरक्षा निकायको सहभागिता रहेको हो ।

‘गौखुरेश्वर महादेव मन्दिरमा तीजमा लाग्ने मेलाका सहभागीलाई पनि दर्शन गर्न सहज होस भन्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको हो’–कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने–‘हरितालिका तीजको दिनमा असोज १ गते नेपाली सेना काली जंग गण धुलिखेलले विभिन्न निकायको समन्वयमा स्वास्थ्य शिविर समेत आयोजना गर्नेछ ।’ उक्त मन्दिरमा गत वर्षहरूमा तीजको दिनमा मात्रै ७ हजार भन्दा धेरै दर्शनार्थीहरुको सहभागिता रहेको तथ्याङ्क छ ।

सरसफाइ कार्यक्रममा नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंह, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल लगायतको सहभागिता रहेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गौखुरेश्व मन्दिर र आसपासका क्षेत्रमा बाबुको मुख हेर्ने दिन अर्थात् कुशै औशीको अवसरमा सरसफाइ गरिएको हो ।