आफैँ असईको फुली लगाउने ४२ हवल्दार निलम्बित



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफैँ असईको फुली लगाउने नगर प्रहरीका ४२ जना हवल्दार निलम्बन गरेको छ। गत असार २५ मा कामपाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।

ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि कामपाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।

कामपाका अनुसार उनीहरु बढुवा भएर असई नभएको जनाएको छ । बुधबार उनीहरुलेअनुशासन विपरीत काम गरेको अभियोगमा सबै हवल्दारहरु निलम्बन गरेको  प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्