६१ किलो सुन प्रकरण : पक्राउ परेका ६ जनालाई मुद्दा नचलाउन सीआईबीको राय



काठमाडौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ।

भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ।

हङकङबाट साउन २ गते भित्रिएको उक्त सुन प्रकरणमा ३२ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ। अरु १८ जना फरार छन्। पक्राउ पर्नेमा ९ जना विदेशी छन्।

यो समूहले ३०२ किलोग्राम सुन तस्करी गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ। तस्कर समूहले विदेशबाट ६० पटक सुन ल्याएको पाइएको छ।

गत साउन ३ गते हङकङबाट आएको साढे ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएपछि राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यसपछि यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस्