स्वर्गीय नेम्वाङकाे पार्थिव शरीर घर लगियो



काठमाडौं ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छाेराहरु बुधबार काठमाडाैं आइपुगेका छन् । कान्छा अष्ट्रेलिया र  जेठा छाेरा बेलायतमा  रहेका उनीहरु बुबाकाे निधन भएकाे खबर पाएलगत्तै स्वदेश फर्किएका हुन् ।

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्