६० किलो सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।

जसमा ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीको भनाइ छ । सीआईबीले हङकङबाट ल्याइएको उक्त अवैध सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने तय भएको सीआईबीका प्रमुख, किरण बज्राचार्यले जानकारी दिइन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्