अल्वानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक महिला पक्राउ

0
Shares

काठमाडौं ।

अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा बिर्तामोड नगरपालिका ४ स्थाई घर भई हाल सिनामंगल वस्ने २५ वर्षीय सुधा चौधरीलाई प्रहरीले पकाउ गरेको हो ।

उत्तम राजवंशीलाई वैदेशिक राजगारीका लागि अल्वानिया पठाईदिन्छु भनि दुई लाख बहत्तर हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन् ।

पीडितले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुधा चौधरीलाई खोजतलास गर्ने क्रममा सोमबार सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।