काठमाडौं ।
नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ ।
मंगलबार बिहान नेम्वाङको हृदयघातका कारण निधन भएको थियो । मंगलबार दिउँसो नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । गत आइतबारदेखि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बीपी साहित्य महोत्सव जारी थियो ।
प्रतिक्रिया