नेम्वाङकाे पार्थिव शरीरमा ओलीले ओढाए पार्टीकाे झण्डा



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

अस्पतालबाट पार्टी कार्यालय पुर्‍याइएको नेम्वाङको शवमा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

हृदयाघातका कारण गए राति नेम्वाङको निधन भएको थियो । यसैगरी, सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले पनि नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका श्रद्धाञ्जली दिएका छन् । यसैगरी, अर्थमन्त्री महतले पनि नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्