स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने



काठमाडौं ।

नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेम्वाङको शव पार्टी कार्यालयमा राखिने एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिए । उनको निधनले नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा अपूरणीय क्षति पुगेको उनले बताए ।

मंगलवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन (बुधवार वा बिहीवार) सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्