नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद्का सदस्य विश्वकर्माको निधन



काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।

उनको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो । उनको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय आलोकनगर राखिएको छ । पारिवारिक स्रोतका अनुसार आजै उनको दाहसंस्कार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्