वरिष्ठ पत्रकार राजेन्द्र पराजुलीको निधन



 काठमाडौ ।

वरिष्ठ पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको मंगलबार विहान उपचारको क्रममा निधन भएको छ ।

लगातार ज्वरो आएपछि दुई दिन अघि ललितपुरको वी एण्ड वी अस्पतालमा भर्ना भएका उनको निमोनियाको कारण निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नेपाल समाचारपत्र लगायत विभिन्न दैनिक पत्रिकामा काम गरी सकेका पराजुली साहित्य क्षेत्रमा पनि स्थापित भएका थिए । उनका दर्जनौ फुटकर कथा साहित्यका आधा दर्जन भन्दा बढी पुस्तक प्रकाशित भइसकेको छ ।

पत्रकारिता क्षेत्रलाई मर्यादित र आदर्श बनाउनु पर्छ भन्ने अभियानमा संलग्न रहँदै आएका स्व.पराजुली नेपाल पत्रकार महासंघको सदस्य समेत रहेका थिए । उनको निधनले नेपाली पत्रकारिता जगतले उज्वल नक्षेत्र गुमाएको भन्दै नेपाल पत्रकार महासंघ कामना शाखाले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्