जसपाकी प्रदेश सांसद विन्दुकुमारी यादवको निधन



काठमाडौं ।

मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।

मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। प्रदेश सांसद सञ्जय कुमार यादवका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो। उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।

१० दिनदेखि उनको प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा राखेर उपचार हुँदै आएको थियो। दोस्रो मधेश आन्दोलनपछि नेतृत्वमा आएकी उनी जसपाबाट समानुपातिक सांसद थिइन्।

प्रतिक्रिया दिनुहोस्