नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।  नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।

उपाध्यक्षसमेत रहेका नेम्वाङको छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

प्रतिक्रिया दिनुहोस्