नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षति : विद्यादेवी भण्डारी



काठमाडौं ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् ।

नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्दै पूर्व राष्ट्रपति भण्डारीभावपुर्ण श्रदाञ्जली ब्यक्तसमेत गरेकी छन् ।

नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको पूर्व राष्ट्रपति भण्डारीले  सामाजिक सञ्जालमा लेखेकी छिन ।‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु’ उनले लेखेकी छिन, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु, उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’एमाले उपाध्यक्ष नेम्वाङको गए राती हृदयघातवाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्