भेपमा सुन तस्करी : चिनियाँ नागरिकको कोठामा छापा

0
Shares

काठमाडौँ।

प्रहरीले विद्युतीय चुरोट(भेप)मा लुकाएर गरिएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित कोठामा सोमबार छापा मारेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले छापा मारेर केही कागजात र लकर बरामद गरेको छ।दाओजिन भने अनुसन्धान शुरु भएकै बेला भागेर चीन पुगेका थिए।

उनी सुन तस्करको समूहका सदस्य रहेको प्रहरीले जनाएको छ।

हाल उक्त प्रकरणको मुद्दा विचाराधीन छ। केही दिन अघि सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका थिए।