फ्रान्स, टर्की र सर्बिया पठाईदिन्छु भनी २८ लाख ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं ।

विभिन्न देश पठाइदिन्छु भन्दै मोटो रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङजा वालिङ नगरपालिका १२ स्थाई घर भएका हाल सुकेधारा बस्ने ४९ वर्षीय बिर बहादुर गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाईदिन्छु भनि चौध लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

पीडित वैदेशिक रोजगार विभाग कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेका थिए । उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बिर बहादुर गुरुङको खोजतलास गर्ने क्रममा आइतवार सुकेधाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।

यस्तै कैलाली लम्किचुहा नगरपालिका ५ स्थाई घर भई हाल मित्रनगर नयाँबस्पार्क बस्ने २३ वर्षिय चित्र बहादुर मगर ले निशान खड्कालाई वैदेशिक रोजगारीको लागि टर्की पठाईदिन्छु, त्यसको लागि पिडितबाट पटकपटक गरी जम्मा दुई लाख पँचास हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज चित्र बहादुर मगरको खोजतलास गर्ने क्रममा शनिबार सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।

यस्तै सर्बिया पठाईदिन्छु धादिङ ज्वालामुखि गाउँपालिका १ स्थाई घर भई हाल जिल्ला भक्तपुर ठिमि नगरपालिका ३ बस्ने ४० वर्षीय राज कुमार लामिछानेले बलराम थपामगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ती सत्र लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले राजकुमार लामिछानेको खोजतलास गर्ने क्रममा आइतबार मिनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।