भक्तपुर ।
नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत शनिवार भक्तपुरमा भएको कार्यक्रमबाट तीन वटा गाडी समातिएका छन् ।
शनिवार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा संघ नेपालका युवाहरूले गाडीको साँचो प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरको जगातीमा तीन वटा गाडी समातिएका हुन् ।
युवा संघ नेपाल भक्तपुर जिल्लाको अगुवाइमा भएको कार्यक्रममा भक्तपुरको भक्तपुर नगरपालिका व्यासी र जगाती चोकमा युवा झण्डा बोकेर बसेका थिए । टोलीले भक्तपुरमा समातिएनन् भने भक्तपुरको जगाती सूर्यविनायकमा तीन वटा भेटिएको हो ।
बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै परिवारसँग घुम्ने र निजी काममा प्रयोग गर्ने विकृतिलाई रोक्न युवा संघ भक्तपुरले यस्तो अभियान चलाएको सहभागी युवाले बताए । सम्पूर्ण युवाहरूले राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्षसँग समन्वय गरी कार्यक्रम गरेका थिए ।
प्रतिक्रिया