टिकटक गट ट्यालेन्ट सिजन– ६ मा शिवदास गुरुङ विजयी

0
Shares

काठमाडौं ।

मञ्जिल युकेले आयोजना गरेको टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्य तर्फका शिवदास गुरुङ विजयी भएका  छन् । उनलाई नगद एक लाख रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । गुरुङलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

अन्य चार विधामा नेपाली भाषा तर्फ विवेस मोते, साहित्य तर्फ प्रेम मगर, अन्तराष्ट्रिय भाषा तर्फ दिप्ती उप्रेती र संगित तर्फ विकेस लामा विजयी हुनु भएको आयोजकले जनाएको छ । उनीहरुलाई २५-२५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी भिर्वस छनौटमा चन्द्रकला राईले नगद आठ हजार र प्रमाणपत्र, लक्की ड्रबाट छानिएका तीन जनालाई ५-५ हजार नगद र उत्कृष्ट भिर्वस एक जनालाई पाँच हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी वरिष्ठ साहित्यकार डा. रेणु सोलु, सफल व्यवसायी एवं उद्योगपति प्रकाश सिंह कार्की, हिमालय टिभीका प्रधान सम्पादक राजेन्द्र बानियाँ र पत्रकार बिक्रम श्रेष्ठलाई सम्मान गरिएको मञ्जिल युकेले जनाएको छ ।

चीफ एडमीन अफिसरको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ साहित्यकार डा. रेणु सोलु, सफल व्यवसायी एवं उद्योगपति प्रकाश सिंह कार्की, हिमालय टिभीका प्रधान सम्पादक राजेन्द्र बाँनिया, पत्रकार बिक्रम श्रेष्ठ, अधिवक्ता डा. शान्ती राई, मञ्जिल युकेका संस्थापक प्रेम गुरुङ, सिओओ मनोज गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए  ।