प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ

0
Shares

काठमाडौं ।

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा सोही महानगरपालिका-१० बुद्धनगर बस्ने सिन्धुली मरिन गाउँपालिका-४ घर भएका ३० वर्षीय राज कुमार घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले तिब्र गतिमा अनियन्त्रित तरिकाले आउँदै गरेको बा.३७ प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक घिसिङले प्रहरीसँग अपशब्द प्रगोग गरी बादबिबाद गर्दा नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै हातपात गरेपछि उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।