आइसिसी महिला टि–२० क्रिकेट, नेपालले टस जित्यो



काठमाडौ‌ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ ।

आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ ।

मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन् ।

जारी यस खेलको विजेता टोलीले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टि– २० छनोट खेल्न पाउनेछ । जसकाकारण नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि २० छनोटमा पुग्ने उदेश्यसहित मैदानमा उत्रिएको छ ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म आफनो स्थान कायम गर्न सकेको छैन । नेपालले आफनो विश्वकप यात्रा एसिया छनोटमा नै सिमित राख्दै आउनु परेको छ । तर, आजको खेलमा थाईल्याण्डलाई पराजित गरेर उ ग्लोबल टि २० खेल खेल्न चाहान्छ ।

प्रतिक्रिया दिनुहोस्