ज्ञान निकेतन र जेनिथ फाइनलमा



काठमाडौं । ज्ञान निकेतन र जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सेमिफाइनलमा ज्ञान निकेतनले सैनिकलाई ३९–२३ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले २१ अंक योगदान गरे । सुशिल शाहीको १३ अंक सहयोगमा जेनिथले नेरिक एकेडेमीलाई ३९–३१ ले हरायो ।

जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र ज्ञान निकेतन उपाधिका लागि भिड्ने भएका छन् । एआईएले सनसाइनलाई ३०–२० ले पाखा लगायो । विजेताका दीक्षान्त ठकुरीले १० अंक जोडे । ज्ञान निकेतनले पुष्प सदनमाथि २०–१४ को जित दर्ता ग¥यो । विजयी टिमका लागि दिप्सन अधिकारीले १५ स्कोर गरे ।

सिनियर गल्र्समा इनोभोटिभ र एनसीसीएसले फाइनलमा स्थान सुरक्षित गरे । इनोभेटिभले चेल्सी वल्र्ड स्कुलको यात्रा २९–२३ ले पूर्णविराम लगायो । इनोभेटिभकी रिड्डी मगरले ११ अंक जोडिन् । एलाइट ग्रान्डविरुद्ध एनसीसीएस २०–१४ ले विजयी भयो । एनसीसीएसकी विभा महर्जनले ९ अंक जोडिन् । फाइनल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्