भ्रष्टाचारीलाई सबैले चिनिराखौं



सत्य युगमा तामापत्र पुज्थे । द्वापार युगमा तारपत्र पुज्थे । त्रेता युगमा सुनपत्र जप्छन् । कलि युगमा ६ डोरा जनई लगाउँछन्, जसलाई जनै भनिन्छ । त्यो धोगोमा कति संस्कार छ, ब्रह्माण्डका कति व्याख्या बहुमूल्य छन् ? यो एक्काइसौं शताब्दीको यन्त्रभन्दा कम छैन । ब्राह्मणका पुत्र गुरुदेव भन्छन् ।

टंकप्रसाद आचार्य, माधवप्रसाद घिमिरेले कैयौँ इज्जत बोकेका थिए । उनीहरु पूज्य छन् । पहिलाका ऋषिमुनी पनि ब्राह्मणका छोराहरु हुन् । उनीहरुद्वारा देशलाई अगाडि बढाउन र बचाउन कष्टपूर्ण कार्यहरु गरिए । कति त्याग–तपस्या गरिए । करोडौँकरोड मानवका माझ ऋषिमुनी ब्राह्मण देव–वचनद्वारा ब्रह्मज्योतिसमान भए । थुप्रै सन्तान जन्म भए । सारा मानवको आँखामा राखे पनि नबिज्ने औषधि भए । सन्ततिहरु देश–विदेश, नेपालको कुनाकाप्चामा मात्र होइन, थुप्रै मठ–मन्दिरमा साहसी ऊर्जा वाण यस धर्तीका पुजारी बने । अति सुन्दर पञ्चशील देश भनेर चिनियो ।

२००७ सालमा प्रजातन्त्र आयो । गिनिज बुकमा नाम सफल भयो । यस्तै १०४ वर्षको जाहानिया शासन अन्त्य भयो । पछि प्रजातन्त्र खोसेपछि ऋषिमुनीका सन्तान ठाने र एउटै पिताका सन्तान बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला ऋषिमुनीका सन्तान होइनन्, सिसीमुनिका सन्तान हुन् ।

तत्कालीन समयमा कोशी सम्झौता गरे, गण्डक सम्झौता गरे, यो देशलाई तुसारापात बनाइदिए । ६ डोरा जनै लगाई देवमन्त्र, गुरुमन्त्र यत्रतत्र अलपत्र भए । रुद्रघण्टी नभएको बाहुनले गर्दा ३ करोड मानिसको छातीमा हात राखी धुरुधुरु रोइरहेको पाइयो । देश कहाँ पुग्यो भन्ने कुरा थाहा नहुने र नेतृत्वदायी भूमिका नखेली देशको अस्तित्व नबुझ्ने कस्तो जनै ? अर्थ नबुझ्ने, पालो–पालो प्रधानमन्त्री बन्ने, भ्रष्टाचार गर्ने, जनता मार्ने, पैसा खर्च गरेर चुनाव जित्ने । सधैँ आफूमात्र जित्ने, सधैँ भ्रष्टाचार गर्ने । सुँगुुरले पिँडालु खान कहिल्यै नछोड्ने । त्यस्तै शासक वर्गले पनि भ्रष्टाचार गर्न कहिल्यै नछोड्ने ।

देशमा कांग्रेस, ऐमाले, माओवादी भ्रष्टाचारीको हाबी भयो । बाबुको भाङ्ग्राको धोती भए देशको त्यस्तै दुर्गति भयो । पहिला शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, बाबुराम भट्टराई, पुष्पकमल दाहाल, रामचन्द्र पौडेल आफ्नै खुट्टामा बन्चरो हान्ने । यिनीहरु भएसम्म देश माथि आउनै सक्दैन । यिनीहरुलाई राष्ट्रद्रोही मुद्दा चलाउनुपर्छ । जनै लाउने, गुरुदेव भन्ने, अरुलाई धाक लाउने, मान्छे नगन्ने र मान्छे नठान्ने । विधिको शासन भन्ने साधारण मान्छेले सानो मोबाइल र एउटा कलम ल्याउन नदिने, १०० केजी सुन तस्करी हुने संसार र भन्सार त्यस्तै हुने हो कि ।

ललिता निवास जग्गा प्रकरणले ठूला–ठूला माछा कहिले समाउने हो ? ठूलालाई चैन सानालाई ऐन भनेजस्तो भुटानी शरणार्थीको ठूला माछा कहिले जालमा पर्ने हो ? उनीहरुको अकूत सम्पत्ति राष्ट्रियकरण गर्न हामीले आशा गरिरहेका छौँ । अनि नायाराणकाजी श्रेष्ठको युग–युगको नेपाली स्वाभिमान अक्षरशः शुरु हुँदै छ । नेपालको गरिमामय तपाईंको छातीमा पूजा छ, आरती छ । श्रेष्ठ व्यक्ति अग्रपंक्तिमा छ । अब धेरै दिन बाँकी छैन । धेरै बुद्धि भरिएपछि पोखिन्छ । जता हेरियो भताभुंग, लथालिंग छ ।

चित्त बुझाउने कतै ठाउँ छैन । नेपालको हालको अवस्थालाई नियालेर हे¥यो भने राजनीतिक नेतृत्व तथा सरकारको उच्च ओहदामा रहेकाहरुको गल्तीको कारणले नै जनतालाई वास्ता नगर्ने भएपछि जनता वाक्कदिक्क भइसके । कांग्रेसले गरेका काम कांग्रेसलाई मन परेन । त्यस्तै एमालेले गरेका काम एमालेलाई मन परेन । त्यस्तै माओवादीले गरेका काम माओवादीलाई मन परेन । ती पार्टी कार्यकर्ताहरुले जनतासामु निर्धक्क कुरा गर्न लाजै भयो । देशमा इज्जत, प्रतिष्ठा राख्ने भरपर्दाे नेता बत्ती बालेर खोज्नुपर्ने अवस्था आयो ।

जहाँतहीँ कार्यक्रममा होस् या पसल जाँदा होस्, मामाघर जाँदा पनि दिन–प्रतिदिन देश रहला कि नरहला, चिन्ताको कुरा सुनाइन्छ । जस्तै– घर र खेतमा मुसाले धेरै दुःख दिन्छ । बहुमूल्य सामान कपडामात्र होइन, नेपालको नक्सासमेत गायब गर्छ । जंगी पिलर पनि एक कोस, दुई कोस सारिन्छ । जनैको अर्थ थाहा नभएपछि कसको के लाग्छ ? मुखले पानी खाए, सत्ता नाकले खाए के हुन्छ ? अकूत सम्पत्ति कमाएको परिवारलाई नै थाहा छैन, विदेशी बैंकमा राखेको आफैँलाई नै थाहा छैन ।

यिनीहरुका सन्तानहरु कोही मनस्थिति बिग्रेको, कोहीको चाउरी परेको, अनगिन्ती भ्रष्टाचारीले गर्दा देश नै बिग्रियो । उद्योगधन्दा छैन । मानिसको जीवन जिउन गाह्रो भयो । हातखुट्टा बााधिराखेको जस्तो भयो ।

कति मात्र विदेशीसामु नोकर बन्ने हो ? कति मात्र नालायक सरकारको नाम लिने हो ? यसपालि गएको बाबु अर्काे पाली आउने ठेगान छैन । हिमाल, पहाड, तराईको गरिब मजदुर किसान मर्ने हो कि बाँच्ने, थाहा छैन । विचार गरौँ, सुन साइँली साइँली, पिँढीमा जाँतो फिरिरी । माया गर्ने धर्तीलाई पूजा गर्ने देवतालाई चिनिराखम् भ्रष्टाचारीलाई !
सूर्यविनायक–८, जगाती, सिपाडोल ।

प्रतिक्रिया दिनुहोस्