धेरै मानिसलाई वित्तीय साक्षरता बैंकमा खाता खोल्ने र पहुँच बैंकमा पैसा राख्ने र निकाल्ने हो भन्ने बुझाइ छ ।
वित्तीय सेवा उपलब्ध गराउनेहरूलाई समेत उनीहरूको सेवा वा उत्पादनहरूको बारेमा राम्ररी बुभ्न, उक्त उत्पादनसँग जोडिएको जोखिमको घनत्व एवम् गहिराइको पहिचान गर्न र त्यसलाई व्यवस्थापन गर्न तथा उनीहरूका ग्राहकको वास्तविक आवश्यकतालाई पहिचान गरी आफना उत्पादनहरूलाई परिमार्जन गर्न सहयोग पु¥याउँछ ।
वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्दछ र सहभागितामा वृद्धि गर्न मद्दत गर्दछ । नेपालमा वित्तीय साक्षरता सबै स्तरका मानिसलाई आवश्यक देखिएको छ । उच्च शिक्षा हासिल गरेका ठूला ओहदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ ।
उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना हुन गई ठूलो वित्तीय क्षति समेत व्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्था पनि देखिएको छ । यद्यपि, मानिसहरूको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरक फरक वित्तीय शिक्षा आवश्यक हुने अवस्था पनि रहन्छ ।
वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान जस्तैः बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने, बचत गर्ने तथा ऋण लिने प्रक्रिया र बीमाका बारेमा धेरै मानिसलाई कम जानकारी हुन्छ । यसले गर्दा उनीहरू अनावश्यक रूपमा ऋणमा डुब्ने, श्रम शोषणमा पर्ने तथा आफ्ना स्रोत र साधनको अनुत्पादक क्षेत्रमा प्रयोग हुनसक्ने जस्ता सम्भावना हुन्छ ।
त्यसैले न्यून आयस्तर भएका व्यक्तिहरूलाई पैसाको उचित व्यवस्थापन गर्न, पूँजी निर्माणको लागि सहयोग गर्न, उनीहरूको सुरक्षा तथा जीवनमा उपलब्ध विभिन्न अवसरको पहिचान गर्न, पैसाको महत्व बुभ्mदै समाजमा भएको सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्न सक्षम बनाउन वित्तीय शिक्षाको महत्व हुन्छ ।
मानिस परनिर्भरताबाट आत्मनिर्भरतामा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । यस क्रममा वित्तीय व्यवस्थापनको क्षेत्रमा उनीहरूको भूमिका बढ्दै गएको हुन्छ । उनीहरू आफ्नो भविष्य तथा आफ्नै परिवारको निर्माण गर्दैछन् ।
उनीहरूको समाज र परिवारप्रति बढ्दै गएको भूमिका तर्था ज्ञण्ै आर्थिक जिम्मेवारीका कारण उनीहरूलाई वित्तीय लक्ष्य निर्धारण गर्न, बचत, ऋण, जोखिमबाट बच्न (बचतको प्रयोग, बीमा) तथा समग्र रूपमा वित्तीय व्यवस्थापन बारे जानकारी दिने कार्य वित्तीय साक्षरता हो । यसले भविष्यमा वित्तीय व्यवस्थापन सम्बन्धी निर्णय कसरी गर्ने भन्ने बारेमा सहयोग गर्नेछ ।
पहिलो नियम भनेको पैसा कहिले पनि नगुमाउनुस् । दोस्रो नियम भनेको पहिलो नियम कहिल्यै पनि नबिर्सनुस् । आम्दानी र खर्चको विश्लेषण हामीसँग अहिलेका आवश्यकता पूरा गर्न र भविष्यमा चाहिने खर्चका लागि बचत गर्न पर्याप्त पैसा छैन । त्यसैले हाम्रो लागि मुख्य उपाय भनेको आम्दानी बढाउने र खर्च घटाउने हो ।
ऐच्छिक खर्चहरूलाई सकेसम्म कम गर्नु पर्छ र भविष्यमा परिआउन सक्ने खर्चको लागि अहिलेदेखि नै सोच बनाउनु पर्दछ । आपूmसँग भएको थोरै पैसाको अधिकतम सदुपयोग गर्न र पैसा खर्च गर्नु अगावै आफ्नो खर्चको प्राथमिकीकरण गर्नाले पैसाको चुहावट कम हुन जान्छ ।
आवश्यक खर्च अनुमान गर्न सकिनेखर्च ऋण भुक्तानी ऐच्छिक खर्च आकस्मिक खर्च आवश्यक खर्र्च ज्ञज्ञै व्यक्तिगत रकम व्यवस्थापन दैनिक जीवनमा आफ्नो लागि आवश्यक पर्ने इच्छा र आवश्यकताका वस्तुको खरिदबिक्रीको लागि भविष्यप्रति सचेत भएर गरिने आम्दानी र खर्च नै व्यक्तिगत रकम व्यवस्थापन हो ।
व्यक्तिगत रकम व्यवस्थापन निर्धारण गर्नुपर्ने प्रमुख कारणहरू आफ्नो लागि चाहिने इच्छा र आवश्यकताका वस्तु खरिद गर्न प्रशस्त पैसा जम्मा गर्न । आफू र आफनो परिवारको आर्थिक अवस्थालाई हेरचाह गर्न सक्ने हुन । आपूmसँग पैसा नभएको कारणले आपूmले इच्छा गरेको वस्तु खरिद गर्न नसक्ने नहुन । वित्तीय लक्ष्यहरूको निर्धारण गर्ने पनि वित्तीय साक्षारता भित्र पर्छ ।
त्यस्तै आफनो स्रोत र साधनहरूमा बाँच्ने, ऋणको सदुपयोग गर्ने, ऋणको भाखा ननघाउने, खर्च गर्न सतर्कता अपनाउने, लगानी र प्रतिफलको तुलना गर्न, समय सँगसँगै पैसाको मूल्यको तुलना गर्ने, चक्रवृद्धि ब्याजको असर बारेमा थाहा पाउने, लगानी गर्दा आवश्यक जोखिम वहन गर्ने, बचत गर्ने, लगानी र सम्पत्तिको विविधीकरण गर्न जस्ता विषय पनि वित्तीय साक्षरताभित्र पर्छ ।
वित्तीय पहुँच र वित्तीय साक्षरता वित्तीय क्षेत्र र अर्थतन्त्रको विकासका महत्वपूर्ण पक्ष हुन्। अध्ययन अनुसार नेपालले विगत एक दशकमा वित्तीय पहुँचर समावेशी विस्तारमा उल्लेखनीय प्रगति गरेको छ, तर विश्वव्यापी वित्तीय समावेशीकरण हासिल गर्नमा अझै पनि केही चुनौती छन ।
नेपाली वयस्कहरूमा वित्तीय साक्षरता कम छ, केवल ३६ प्रतिशत मात्रैसँग आधारभूत वित्तीय ज्ञान र सीप रहेको अध्ययनले देखाएको छ । विश्वव्यापी औसत ६१ प्रतिशत छ । वित्तीय साक्षरता जनसांख्यिकीय विशेषताहरू जस्तै उमेर, लिङ्ग, शिक्षा, आय, र स्थानअनुसार भिन्न हुन्छ ।
नेपालले सन २०२२ मा वित्तीय साक्षरता फ्रेमवर्क अपनाएको छ, जसको उद्देश्य विभिन्न क्षेत्रमा रणनीतिहरूमार्फत नेपाली नागरिकको वित्तीय क्षमता अभिवृद्धि गर्ने हो । फ्रेमवर्कले चार प्रमुख क्षेत्र समेटेको छ । नीति र समन्वय, पाठ्यक्रम र सामग्री विकास, वितरण च्यानल र विधि, तथा अनुगमन र मूल्याङन ढाँचाले सन २०३०सम्ममा सबै नेपालीले गुणस्तरीय वित्तीय शिक्षा र परामर्श सेवामा पहुँच पु¥याउने परिकल्पना गरेको छ ।
जसले उनीहरूलाई आफ्नो हितमा सुधार गर्ने जानकारी र जिम्मेवा र वित्तीय निर्णयहरू गर्न सक्षम बनाउने छ । तसर्थ, सन २०२३को परिप्रेक्ष्यमा नेपालको विकासका लागि वित्तीय पहुँच र वित्तीय साक्षरता महत्वपूर्ण छ । यसले वित्तीय क्षेत्रको दक्षता र प्रभावकारितामा सुधार गर्न, आर्थिक अवसर र जनताको सशक्तिकरणमा वृद्धि गर्ने लगायतका क्षेत्रमा योगदान दिन्छ ।
प्रतिक्रिया